+

बारामा रास्वपाको बैठकमा लफडाः सांसदहरूलाई आफ्नै कार्यकर्ताले गरे दुर्व्यवहार

९ जेष्ठ २०८३, शनिबार १५:२८

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठक विवाद हुँदा केही प्रतिनिधिसभा सदस्य बैठक स्थलबाटै लखेटिएका छन् ।

आज कलैयामा आयोजित बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह नेता सहभागी भएका थिए । सहभागीहरूका अनुसार उनीहरूले संस्थापक पक्षलाई दबाबमा पार्न खोजेपछि विवाद चर्किएको थियो ।

विवाद बढ्दै जाँदा आक्रोशित कार्यकर्ताले उनीहरूलाई बैठक स्थलबाट धक्का दिएर बाहिर निकालेका थिए । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको बताइएको छ ।

असन्तुष्ट कार्यकर्ताहरूको दुर्व्यवहार र विरोध प्रदर्शनपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले चारै जना सांसदहरूलाई बैठक स्थलबाट निकालेर सुरक्षित रूपमा स्थानीय एक होटलमा पुर्‍याएको छ ।

यस घटनाका सम्बन्धमा पार्टीको केन्द्रीय नेतृत्वबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आइसकेको छैन ।

पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो । केन्द्रीय कार्यालय संगठन विभागका सचिव शंकर श्रेष्ठद्वारा जेठ ६ गते प्रेषित पत्रमार्फत उक्त निर्णयको आधिकारिक जानकारी गराइएको छ ।