+

प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत

२८ जेष्ठ २०८३, बिहीबार २०:३५

काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत भएको छ ।

बिहीबार प्रतिनिधि सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ प्रस्तुत गरेका हुन् ।

त्यस्तै मन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गरेका छन् ।

उनले बिहीबारकै प्रतिनिधि सभा बैठकमा नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।