मुजफ्फराबाद (पाकिस्तान) । कश्मीरमा प्रहरी र आन्दोलनरथ समुहका सदस्यहरू बिचको झडपमा परि मृत्यु हुनेको सङ्ख्या २० जना पुगेको एएफपीले जनाएको छ ।
आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का समर्थकहरूले गत हप्ता आतङ्कवाद विरोधी कानुन अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढिरहेको जनाइएको छ ।
यस अघि तीन जना सर्वसाधारण र चार जना प्रहरी अधिकारीसहित सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूलाई उल्लखे गर्दै एएफपीले जनाएको छ ।
स्थानीय सरकारका शिक्षा मन्त्री मलिक जफरले आफ्नो निर्वाचन क्षेत्र कोटलीमा यस हप्ता प्रदर्शनकारी र प्रहरीबीचको झडपमा सात जनाको मृत्यु भएको बताएको एएफपीले जनाएको छ ।
रावलकोट सहरका शीर्ष नागरिक अधिकारी आयुक्त सरदार वाहिदले चार जना प्रहरी अधिकारीसहित १२ जनाको मृत्यु भएको बताएको छ । मिरपुर सहरका वरिष्ठ प्रहरी अधिकारी खुर्रम इकबालले बुधबार प्रहरीसँग भएको झडपमा एक जना प्रदर्शनकारीको मृत्यु भएको बताएको छ ।
मुख्य सहर मुजफ्फराबादका धेरै पसलहरू यस हप्ता जेएएसीले व्यवसायहरू बन्द गर्न आह्वान गरेको समर्थनमा बन्द भएका छन् भने मोबाइल तथा इन्टरनेटको पहुँच सिमीत गरिएको जनाइएको छ ।
जेएएसीका सदस्यहरूले आर्थिक र राजनीतिक अधिकारका लागि प्रदर्शन गरिरहेको भन्दै उनीहरूलाई आतङ्कवादी समूहको रूपमा “दमन“ गरेकोमा निन्दा गरेका छन् ।
जेएएसीको नेतृत्वमा प्रहरी र प्रदर्शनकारीहरू बिचको हिंसात्मक झडपले यसअघि सेप्टेम्बरमा हिमालय क्षेत्रमा कब्जा गरेको थियो, जसमा नौ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।


