+

रविलाई हर्ककाे खुला पत्र- ‘नेपालले भारतको सीमा मिचेको प्रधानमन्त्रीकाे अभिव्यक्तिमा रास्वपाको धारणा के हो ?’

२९ जेष्ठ २०८३, शुक्रबार २२:३०

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खुला पत्र लेखेका छन्।

शुक्रबार खुला पत्र लेख्दै नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन शाहकले दिएकाे अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।

राईले प्रधानमन्त्री शाहले गत जेठ १७ गते संसद् बैठकमा दिएको अभिव्यक्तिमा रास्वपाको आधिकारिक धारणा माग गरेका हुन् ।

प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको सीमा मिचेको रहेनछ’ भन्ने अभिव्यक्ति दिएका दिएका थिए।

721348076_4107944682829955_2507932469451564751_n