+

प्रधानमन्त्रीको तर्फबाट संसद्मा अर्थमन्त्री वाग्लेले जवाफ दिने

४ असार २०८३, बिहीबार १४:२०

काठमाडाैँ। आगामी आर्थिक वर्ष २०८३।८४ को वार्षिक विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितीमा अर्थमन्त्रीले जवाफ दिने भएका हुन् ।

प्रतिनिधिसभाको कार्यसूचीअनुसार रक्षा मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा  प्रधानमन्त्री शाहले दिनुपर्ने थियो। त्यसैगरी रक्षा मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्रीले सम्हालिरहेका कारण प्रधानमन्त्रीले जवाफ दिने अपेक्षा गरिएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने कार्यसूची थियो।

तर ती सबै विषयमा पनि अर्थमन्त्री वाग्लेले नै संसद्मा सरकारको तर्फबाट जवाफ दिने भएका छन्।