चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्वाचित भएसँगै उनले शपथ लिएका हुन्।
निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले सभापति लामिछानेलाई शपथ खुवाएका हुन्। सो अवसरमा अनुशासन आयोगका अध्यक्ष रमाकान्त नेपालको समेत उपस्थिति रहेको थियो।
रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत आजै पदाधिकारीहरूको निर्वाचन प्रक्रिया सम्पन्न भएको हो। पार्टीले नयाँ नेतृत्व चयनसँगै महाधिवेशनका बाँकी कार्यक्रमहरू अघि बढाएको छ।


