+

ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन

१४ असार २०८३, आईतवार २१:०७

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुसन्धान, छानबिन र निर्णय प्रक्रियासँग सम्बन्धित कागजात उपलब्ध गराउन आयोगसमक्ष निवेदन दिएका छन्।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ अन्तर्गत आयोगमा दर्ता गरिएको निवेदनमार्फत उनले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले गरेको छानबिन प्रतिवेदन माग गरेका हुन्।

लेखकले आयोगका आयुक्त लीली थापाको संयोजकत्वमा गठित अनुसन्धान तथा छानबिन समितिको कार्यादेशसहितको निर्णय, समितिले तयार गरेको प्रतिवेदन, प्रतिवेदनसँग संलग्न श्रव्य दृश्य तथा लिखित कागजात, उक्त प्रतिवेदनका आधारमा आयोगले गरेको निर्णय तथा नेपाल सरकारलाई पठाइएको सिफारिससहितको प्रतिवेदनको प्रमाणित प्रतिलिपि र विद्युतीय प्रतिलिपि (Soft Copy) माग गरेका छन्।

यसअघि पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत उक्त छानबिन प्रतिवेदन माग गरिसकेका छन्।

733756523_1018613097762742_8041881568794932697_n