काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय निर्वाचन समितिमा दुईजनालाई मनोनीत गरेको छ।
पार्टी सभापति गगनकुमार थापाले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन समितिमा नयाँ सदस्य र सदस्य–सचिव नियुक्त गरेका हुन्।
सभापति थापाले वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई समितिको सदस्यमा र अधिवक्ता राजु कटुवाललाई सदस्य–सचिवमा मनोनीत गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३५ मा भएको व्यवस्थाबमोजिम सभापति थापाले उक्त मनोनयन गरेका हुन्।


