+

एकैदिन तोलामा ४ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

१६ असार २०८३, मंगलवार ११:२२

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सयले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।