+

दुई जनाको शव फेला

१६ असार २०८३, मंगलवार १८:२५

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा महिला र पुरुष मृत फेला परेका छन्।

रूपन्देहीको सियारी गाउँपालिका-४ खैरेनीडिहीस्थित दानव नदीको किनारमा पहिचान नखुलेकी अन्दाजी ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन्।

पर्वतको कुश्मा नगरपालिका-१ सस्रधारास्थित कालीगण्डकी नदीमा पहिचान नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।