+

स्वास्थ्य बिमा बोर्डले दियो २३ अर्ब ४४ करोडभन्दा बढी दाबी भुक्तानी

१९ असार २०८३, शुक्रबार १३:०३

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै स्वास्थ्य संस्थालाई २३ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको हो ।

मंसिर मसान्तसम्मका भुक्तानी प्रक्रिया सम्पन्न भइसकेको र त्यसपछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दीगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको बोर्डले जनाएको छ।

विज्ञप्तिमा सेवा प्रदायक संस्थाहरूलाई बीमित नागरिकको उपचारमा कुनै अवरोध वा कठिनाइ सिर्जना नगर्न आग्रह गरिएको छ। साथै, निर्धारित मापदण्डअनुसार गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउन बोर्डले निर्देशन समेत दिएको छ।