+

सुनसान असन बजार (तस्बिरहरू)

२७ असार २०८३, शनिबार १६:२०

काठमाडौं। कुनै समय बिहानैदेखि साँझसम्म किनमेल गर्ने मानिसको भीडले भरिने असन बजार पछिल्लो समय सुनसान देखिन थालेको छ। पर्यटकको आगमन र ग्राहकको चहलपहल घटेपछि ऐतिहासिक व्यापारिक केन्द्र असनको पुरानो रौनकमा कमी आएको छ।

साँघुरा गल्ली, परम्परागत पसल र स्थानीय व्यापारका लागि परिचित असनमा पहिले दैनिक हजारौँ मानिसको आवतजावत हुने गर्थ्यो। तर, पछिल्ला दिनहरूमा पर्यटकको संख्या घट्नु, अनलाइन किनमेलको बढ्दो प्रभाव, बदलिँदो उपभोक्ता बानी र सहरका अन्य व्यापारिक केन्द्रको विस्तारले असनको व्यापारमा असर गरेकाे छ।