+

सार्वजनिक बसबाट महिलाको ब्याग चोरी गर्ने तीन जना पक्राउ

२ श्रावण २०८३, शनिबार ०६:५५

कास्की । सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्याग चोरी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय रामबजार, कास्कीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रौतहटका ४२ वर्षीय गुरुप्रसाद बजगाई, रौतहटकै ३४ वर्षीय रविन खड्का र झापाका ४५ वर्षीय सूर्य भनिने टेकबहादुर भुजेल रहेका छन्।

कास्की प्रहरीका अनुसार, असार ३२ गते कास्कीको रुपा गाउँपालिका-५ देउरालीबाट पोखरा आउँदै गरेको बसमा ती व्यक्तिहरूले महिलाको ब्याग चोरी गरेका थिए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीद्ये जनाएको छ।