+

नारायणगढ-मुग्लिन सडक खण्डको जलबिरेमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा ३० जना घाइते

३ श्रावण २०८३, आईतवार ०९:५९

चितवन। चितवनको नारायणगढ-मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुईवटा बस र एउटा ट्रक एकापसमा ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये एक जनाको अवस्था निकै गम्भीर रहेको प्रहरीले जनाएको छ। नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले अगाडि गुडिरहेको ट्रकलाई उछिन्ने (ओभरटेक गर्ने) प्रयास गर्दा विपरीत दिशाबाट आउँदै गरेको अर्को बससँग ठोक्किएर यो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २१ जनाको चितवन मेडिकल कलेज र ९ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटना लगत्तै अवरुद्ध भएको सडकखण्ड प्रहरीले सवारीसाधनहरू पन्छाएर खुलाएसँगै रोकिएका गाडीहरू अहिले आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।