+

हाजिरी जमानीमा छुटे विनु र निहारिका

८ श्रावण २०८३, शुक्रबार १९:३४

काठमाडौं । प्रहरी हिरासतमा रहेका विनु यादव र निहारिका राजपूतलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विरोध प्रदर्शन गर्न गएका उनीहरूमाथि प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।

तर, शुक्रबार भने उनीहरू दुवैजना थुनामुक्त भएका छन् ।