काठमाडौं। सरकारले २३ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) का २३ जना कर्मचारीहरूको सरुवा तथा नयाँ जिम्मेवारी तोकेर कामकाजमा खटाएको हो।
मन्त्रिपरिषद्को यो निर्णयसँगै विभिन्न मन्त्रालय, आयोग, नियोग र प्रदेश सचिवका रूपमा कार्यरत सहसचिवहरूको सरुवा भएको छ। प्राप्त सरुवा सूचीअनुसार गृह मन्त्रालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यापक रूपमा प्रशासनिक हेरफेर गरिएको छ।


