No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल पाकिस्तानसँग पराजित

0

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत आज भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको हो । पाकिस्तानको जितमा अली जफरले गोल गरे । उनले खेलको ७६औँ मिनेटमा गरेको एक गोल नै पाकिस्तानको लागि निर्णायक गोल सावित भयो । जफरले करिब ३० यार्डबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो ।

खेल अवधिभर नेपालको प्रदर्शन भने फिलतो रहेको थियो । अब पाकिस्तानले शनिबार माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै नेपालले भने सोमबार माल्दिभ्सको सामना गर्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेको छ । त्यस्तै समूह ‘बी’मा भारत, बङ्गलादेश र भुटान रहेको छ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

प्रकाशित: ४ आश्विन २०८०, बिहीबार १५:०६

Leave a Reply