No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जावी सन् २०२५ सम्म बार्सिलोनामा रहने

0

स्पेनी क्लब बार्सिलोनाका प्रशिक्षक जेभिएर हर्नान्डेज क्रिउज (जावी) ले क्लबसँग आफ्नो सम्झौता थपिएको घोषणा गरेका छन् ।

सन् २०२१ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेका बार्सिलोनाका पूर्व मिडफिल्डर जावीले आफ्नो सम्झौता एक सिजन अर्थात् सन् २०२५ सम्मका लागि लम्ब्याउनेछन् ।

जावीले क्लबलाई सन् २०१९ पछि पहिलो पटक ला लिगा र गत सिजन स्पेनी सुपर कपको उपाधि दिलाउन सफल भएका थिए ।

सेल्टा भिगोविरुद्ध शनिबार हुने खेलअघि पत्रकार सम्मेलनमा जावीले भन्नुभयो, “हामी कठिन समयमा आएका थियौं ।”

उनले भने, “गत वर्ष हामीले दुई महत्वपूर्ण उपाधि जितेका थियौं । हामी सङ्क्रमणको अवस्थामा छौं ।”

ला लिगामा रियल बेटिस र च्याम्पियन्स लिगको समूह चरणमा रोयल आन्टवर्पलाई ५–० ले हराउँदै बार्सिलोनाले आफुले जिम्मेवारी सम्हालेयताका दुई उत्कृष्ट खेल हासिल गरेको जावीले बताए ।

जावीले रोनाल्ड कोम्यानबाट सन्यास लिएको दुई वर्षपछि सन् २०२४ को जुनसम्मका लागि स्पेनी क्लब बार्सिलोनासँग सम्झौता गरेका थिए ।

स्पेनी ला लिगामा रियल मड्रिडभन्दा दुई अङ्कले पछि रहेको बार्सिलोना दोस्रो स्थानमा छ ।

 

 

प्रकाशित: ६ आश्विन २०८०, शनिबार ०३:२४

Leave a Reply