No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ई: को आन्दोलनमा फुटपाथ व्यापारीको समर्थन, राष्ट्रिय सभागृह अगाडि धर्ना

0

काठमाडौं । काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायीलाई धरपकड गरेको विरोधमा विगत आठ दिनदेखि निरन्तर उभिएर विरोध जनाइरहेका अभियन्ता ईः को आन्दोलनमा सडक व्यापारीले ऐक्यबद्धता जनाएका छन् ।

बुधबार उनीहरुले अभियन्ता ईः उभिइरहेको राष्ट्रिय सभागृहको गेट अगाडि पुगेर धर्ना दिनुका साथै प्रदर्शन गरेका छन् । आठ दिनदेखि निरन्तर उभिइरहेका अभियन्ता ईः को स्वास्थ्य बिग्रिदै गएको छ । उनको खुट्टा सुन्निएका छन् भने लौरोको सहायताले मात्र हिँड्न सक्छन् ।

मंगलबार महानगर र ईः पक्षबीचको वार्ता निष्कर्षविहीन बनेको थियो । वार्तामा चार बुँदे समझदारी पत्रको ड्राफ्ट गरिए पनि महानगरका मेयर बालेन साहले ड्राफ्टमा उल्लेखित केही विषयमा असहमति जनाएपछि वार्ता निष्कर्षविहीन बनेको थियो । अभियन्ता ईः फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित: १० आश्विन २०८०, बुधबार ०८:२२

Leave a Reply