No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘भष्मेडन’को ट्रेलर सार्वजनिक

0

काठमाडौँ । फूलपातीदेखि प्रदर्शनमा आउने चलचित्र ‘भष्मेडन’को ट्रेलर सार्वजनिक भएको छ । विपिन कार्कीको मुख्य भूमिका रहेको ट्रेलरले भष्मेको जीवनलाई प्रस्तुत गर्ने प्रयास गरेको छ ।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रमा विपिन र सौगातबाहेक प्रकाश घिमिरे, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका यसअघि दुई गीत र टिजर सार्वजनिक भइसकेका छन् ।

प्रकाशित: २२ आश्विन २०८०, सोमबार १४:५५

Leave a Reply