No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कजाखस्तानका राष्ट्रपतिसमक्ष राजदूत तुलाधरद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

0

 

काठमाडौँ ।  कजाखस्तानका लागि नेपाली राजदूत मिलनराज तुलाधरले अस्तानास्थित राष्ट्रपति प्रासादमा हालै आयोजित एक विशेष समारोहमा राष्ट्रपति काश्याम जोमार्ट तोक्यावसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे ।

त्यस अवसरमा राजदूत तुलाधरले राष्ट्रपति रामचन्द्र पौडेल तथा नेपाल सरकारका तर्फबाट राष्ट्रपति तोक्यावको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै कजाखस्तानका जनताको निरन्तर शान्ति र प्रगतिको कामना गरेको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यसअघि राजदूत तुलाधरले परराष्ट्र सहायकमन्त्री अलिबेग बाकाएभसँग भेट गरी पारस्परिक सहयोगका क्षेत्रबारे छलफल गरेका थिए । नियमित रुपमा छलफल एवं सहकार्यका लागि परामर्श संयन्त्र स्थापना गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।

प्रकाशित: २२ आश्विन २०८०, सोमबार १६:३७

Leave a Reply