No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

फिनल्याण्डका लागि नेपाली राजदूत रायद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

0

काठमाडौँ । फिनल्याण्डका लागि नेपालका गैरआवासीय राजदूत प्रा डा रामस्वार्थ रायले फिनल्याण्डका राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

बुधबार हेलसिन्कीस्थित राष्ट्रपति प्रासादमा आयोजित एक विशेष समारोहमा राजदूत रायले राष्ट्रपति सौली निनिस्टोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका कोपनहेगनस्थित नेपाली दूतावासले शुक्रबार जनाएको छ । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत रायले राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका थिए ।

त्यस अवसरमा राष्ट्रपतिले राजदूत रायको सफल कार्यकालको कामना गरेका थिए । राजदूत रायले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट फिनल्याण्डका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै फिनल्याण्डका जनताको निरन्तर शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

राजदूत रायले नेपाल र फिनल्याण्डबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धप्रति हर्ष प्रकट गर्दै नेपालको सामाजिक–आर्थिक विकासको प्रयासमा फिनल्याण्डबाट प्राप्त सहयोगका लागि फिनिस सरकार र जनताप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

साथै उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २६ आश्विन २०८०, शुक्रबार ०८:१८

Leave a Reply