No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

 इङ्ग्ल्यान्डसामु २८५ रनको लक्ष्य

0

 

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डसामु जितका लागि दुई सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा आइतबार टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८४ रनको योगफल बनायो । क्रिकेट सम्बन्धिको वेभसाइट इएसपीएन क्रिकइन्फो डट कमका अनुसार अफगानिस्तानका लागि रहमान उल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए ।

उनले ५७ बलमा आठ चौका र चार छक्का हाने । गुरबाज र इब्राहिम जद्रानले एक सय १४ रनको साझेदारी गरे । यस क्रममा इब्राहिमले २८ रन जोडे । यस्तै इक्रम अलीखिलले ५८ रन बनाए । उनले ६६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।  यस्तै मुजिब उर रहमानले २८ रन बनाए । उनले १६ बल खेल्दै तीन चौका र एक छक्का हाने ।
राशिद खानले २३, हश्मातुल्लाह शाहिदीले १४, आजमतुल्लाह ओमरजाईले १९ र मोहम्मद नाबीले ९ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका आदिल राशिदले तीन, मार्क वुडले दुई तथा जो रुटल, रिस टोप्ली र लियाम लिभिङस्टोनले एक एक विकेट लिए । अहिले इङ्ग्ल्यान्डले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित: २८ आश्विन २०८०, आईतवार १३:३४

Leave a Reply