No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजारमा उच्च अंकको बृद्धि

0

काठमाडौं । शेयर बजार उच्च अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि पुगेको छ । बुधबार शेयर बजार परिसूचक नेप्से ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ अङ्कमा पुगेको हो ।

आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा निर्जीवन बीमा समूहको शेयर साढे दुई सय अङ्कभन्दा धेरैले बढेको छ । आज आशा लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयर १० प्रतिशतले बढ्यो । अरू तीन वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज वीपीडब्ल्यू लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको भए पनि आज कारोबार रकम भने घटेर एक अर्ब रुपैयाँभन्दा तल झरेको छ ।

मङ्गलवार एक अर्ब ८४ लाख रुपैयाँ कारोबार भएकोमा आज ९३ करोड ४८ लाख रुपैयाँको कारोबार भयो । आज दुई सय ८६ वटा कम्पनीका ३७ लाख ७२ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्सको चार करोड ४६ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

प्रकाशित: १ कार्तिक २०८०, बुधबार १०:०८

Leave a Reply