No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाललाई जीतका लागि १६५ रनको लक्ष्य

0

काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जीतका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनायो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए ।

त्यस्तै आसिफ खानले १८ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई÷दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित: ६ कार्तिक २०८०, सोमबार ०८:१७

Leave a Reply