No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजारमा दोहोरो अंकको गिरावट

0

काठमाडौँ । साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलब १८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७५ दशमलब ६५ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलब १६ अङ्कले ओरालो लागेर तीन सय ६१ दशमलब ९४ मा सीमित भएको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल २७ लाख १२ हजार एक सय २३ कित्ता शेयर ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको चार करोड आठ लाख ५६ हजार तीन सय १५ मूल्यमा खरिदबिक्री भए ।

यस्तै, हाथवे इन्भेस्टमेन्ट नेपाल दुई करोड ४७ लाख २७ हजार ,सिटिजन लाइफ इन्स्योरेन्स दुई करोड ३० लाख चार हजार एक सय ८३, नविल बैंक दुई करोड १७ लाख ३७ हजार छ सय ५२ र घोराही सिमेन्ट एक करोड ९९ लाख एक हजार चार सय ३४ मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार माथिल्लो सोलु हाइड्रो आठ दशमलब ९९, सिवाइसी नेपाल लघुवित्त छ दशमलब ६०, घलैम्दी हाइड्रो पाँच दशमलब ७१, बीपीडब्ल्यू लघुवित्त पाँच दशमलब ६२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलब ६७ प्रतिशतले कमाएका छन् ।

यस्तै, सोनापुर मिनरल्स १०, नेशनल हाइड्रोपावर सात दशमलब ९२, एनआइबीएल प्रगति फण्ड पाँच दशमलब ५७, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलब ५३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ३३ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित: १२ कार्तिक २०८०, आईतवार १०:०२

Leave a Reply