No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेप्सेमा सामान्य बृद्धि

0

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार नेप्से सामान्य बढेको छ । सोमबार नेप्से ३ दशमलव शून्य चार अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० विन्दुमा पुगेको छ ।

सोमबार होटल, उत्पादन र म्युचल फन्डबाहेक सबै समूहको शेयर सामान्य उकालो लागेको छ । सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशत र मन्दाकिनी हाइड्रोको शेयर झन्डै छ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

बजार सामान्य बढेको दिन २८ लाख २४ हजार कित्ता शेयर ६९ करोड ४२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साधना लघुवित्तको प्रमोटर शेयर तीन करोड ६० लाख रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित: १३ कार्तिक २०८०, सोमबार १०:२८

Leave a Reply