No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

महासचिव गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीमा

0

लुम्बिनी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी लगायतका विशिष्ट व्यक्तिले स्वागत गरेका छन् ।

गुटेरेसको स्वागत गर्न प्रधानमन्त्री आज बिहानै लुम्बिनी गएका थिए। मन्त्री सुदन किराती, मुख्यमन्त्री डिल्ली चौधरी लगायतका विशिष्ट व्यक्तित्वहरु हिजो नै लुम्बिनीमा पुगेका थिए । गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प गएका थिए। गुटरेस त्यहाँबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आइ हेलिकप्टरमा लुम्बिनी पुगेका हुन् ।

गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् । गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोकस्तम्भको भ्रमण गर्ने कार्यसूची छ ।

 

प्रकाशित: १४ कार्तिक २०८०, मंगलवार ०६:४५

Leave a Reply