No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

फाउण्डेशनका अध्यक्ष घिमिरे मानवीय पुरस्कार ग्लोवलबाट सम्मानित

0

घाना । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका अध्यक्ष सोमनाथ घिमिरे घानामा मानवीय पुरस्कार ग्लोवलबाट सम्मानित भएका छन् । मानवीय पुरस्कार ग्लोवलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले सोमनाथ घिमिरेको नेतृत्वमा फाउण्डेशन अमेरिकाले विशेष गरी कोरोना कहरका बेला निःस्वार्थ मानवीय सेवा गरेको भन्दै सम्मान गरेका हुन् ।

मानवीय पुरस्कार ग्लोबल–घानाले प्रत्येक वर्ष विश्वभरिबाट समाजमा सकारात्मक प्रभाव पारेका मानिसहरुलाई छनौट गरेर यो पुरस्कार दिने गरेको छ । यसवर्ष विश्वभरिबाट ४८ जनालाई मानवीय पुरस्कार ग्लोवलबाट सम्मान गरिएको थियो ।

सम्मानपछि घिमिरेले विश्वव्यापी मानवीय पुरस्कार समारोहमा सामेल हुन पाउँदा गौरव लागेको र आफ्नो जीवनकालको उपलब्धि भएको बताए । घिमिरे सन् २०२३ को यो सम्मान पाउने एक मात्र नेपालीमूलका अमेरिकन हुन् ।

प्रकाशित: १४ कार्तिक २०८०, मंगलवार ०७:२९

Leave a Reply