No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनको सुदुर उत्तरी प्रान्तमा हिमआँधी आउन सक्नै भन्दै ‘रेड अलर्ट’ जारी

0

चीनको उत्तरी प्रान्त हेइलोङजियाङले हिमआँधीका लागि ‘रेड अलर्ट’ जारी गरेको छ । आइतबार साँझदेखि आज साँझसम्म २० मिलिमिटरदेखि ४० मिलिमिटरसम्म हिमपात र वर्षा हुने अनुमान गरिएको छ ।

प्रान्तका केही भागमा ४० मिलिमिटरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । प्रान्तीय राजधानी हार्बिनले पनि हिमआँधीका लागि रेड अलर्ट जारी गरेको छ ।

नगरपालिका शिक्षा ब्यूरोले आज शहरका छ वटा मुख्य जिल्लाहरूमा किन्डरगार्टेन, प्राथमिक र माध्यमिक विद्यालय र अन्य शैक्षिक तथा प्रशिक्षण संस्थाहरूमा कक्षाहरू स्थगित गर्ने घोषणा गरेको छ । चीनमा मौसमसम्बन्धी खतरा सङ्केतलाई सबैभन्दा बढी खतरा रातो, त्यसपछि सुन्तला, पहेंलो र निलो गरी चार तहमा व्यक्त गरिन्छ ।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार ०२:२४

Leave a Reply