No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गाजाबाट तीन सयभन्दा बढी अमेरिकीलाई सारियो सुरक्षित स्थानमा

0

हमासविरुद्ध इजरायलको संघर्ष चर्किँदै जाँदा तीन सयभन्दा बढी अमेरिकी र उनीहरूका परिवारलाई गाजापट्टीबाट सुरक्षित स्थानमा सारिएको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसका उपराष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन फिनरले हालैका दिनहरूमा गरिएको उद्धार ‘यस द्वन्द्वसँग सम्बन्धित सबै पक्षसँग गहन वार्ताको परिणाम’ भएको बताए ।

यी प्रयासका बावजुद गाजाभित्र अझै पनि ‘धेरै’ अमेरिकीहरू रहेको वासिङ्टनको विश्वास छ । फिनरले गाजा छोड्न चाहने प्रत्येक अमेरिकीलाई उद्धार गरि नसक्दासम्म आफूहरुले प्रमुख प्राथमिकताका साथ उद्धार प्रयासलाई जारी राख्ने बताए ।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले हमासले आफ्ना लडाकूलाई गाजाबाट बाहिर निकाल्नका लागि अमेरिकी मध्यस्थतामा भएको सम्झौताको दुरुपयोग गरेको आरोप लगाएका छन् ।्

प्रकाशित: २० कार्तिक २०८०, सोमबार ०३:५४

Leave a Reply