No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजार नेप्सेमा सामान्य अंकको बृद्धि

0

काठमाडौं । झण्डै दुई सातापछि सोमबार खुलेको शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । सोमबार नेप्से एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्यबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज ग्लोबल आईएमई लघुवित्त र कर्णाली विकास बैंक शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त र सयपत्री जलविद्युतको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

आज ३३ लाख १९ हजार कित्ता शेयर एक अर्ब नौ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको सात करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित: ४ मंसिर २०८०, सोमबार १०:१५

Leave a Reply