No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौं महानगरद्वारा चार महिनामा लक्ष्यको २७ प्रतिशत राजश्व संकलन

0

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ ।

१० अर्ब ८० करोड ७८ लाख २० हजार रुपैयाँ वार्षिक लक्ष्यमा साउन, भदौ, असोज र कार्तिक गरी ४ महिनामा दुई अर्ब ९२ लाख ९६ हजार ९ हजार ७२९ रुपैयाँ राजस्व संकलन भएको राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।

गएको वर्ष यस अवधिमा २६.४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्व ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार ५६५ रुपैयाँ संकलन भएको थियो ।

प्रकाशित: १० मंसिर २०८०, आईतवार ०८:३८

Leave a Reply