No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजारमा उच्च अंकको बृद्धि

0

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अङ्कले बढेको छ । आइतबार नेप्से ४७ दशमलव ७५ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ९५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स, बीमा र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज छ्याङ्दी हाइड्रो, भगवती हाइड्रो र विजय लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।

यस्तै सात वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन आज इन्फिनिटी लघुवित्त र एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को शेयर साढे दुई प्रतिशतले घटेको छ ।

बजारसँगै आज कारोबार रकम पनि बढेको छ । ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब एक करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । यो पछिल्लो साढे महिनायताकै उच्च हो ।

गएको भदौ ३१ गतेयता कारोबार रकम दुई अर्ब रुपैयाँ पुग्न सकेको थिएन । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ११ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित: १० मंसिर २०८०, आईतवार ०९:५५

Leave a Reply