No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेप्सेमा दोहोरो अंकको गिरावट

0

काठमाडौं । आइतबार उच्च अङ्कले बढेको शेयर बजार नेप्से सोमबार दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन, लगानी, म्युचल फन्ड र व्यापारबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज अपर स्याङ्गे हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।

आज ६० लाख कित्ता शेयर एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको सात करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित: ११ मंसिर २०८०, सोमबार १०:०५

Leave a Reply