No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजारमा सामान्य अंकको गिरावट

0

काठमाडौं । मंगलबार शेयर बजार नेप्से घटेको छ । मंगलबार नेप्से दुई दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ९४ दशमलव ५३ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर घटेको छ ।

आज सबैभन्दा धेरै नारायणी विकास बैंकको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै बुद्धभूमि जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत र मेन्छियाम जलविद्युतको शेयर झन्डै नौ प्रतिशतले बढेको छ ।

आज ४७ लाख २७ हजार कित्ता शेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको आठ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित: १२ मंसिर २०८०, मंगलवार ०९:४९

Leave a Reply