No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुपर लिगमा चितवनको पहिलो जित, वीरगञ्ज स्तब्ध

0

काठमाडौँ । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा चितवनले वीरगञ्ज युनाइटेड एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

चितवनको जितमा विमल घर्तीमगर र टोरिक जेब्रीनले समान एक–एक गोल गरे । त्यस्तै वीरगञ्जका लागि भने आइकिन्स बाफुरले एक गोल फर्काए । खेलको २८औँ मिनेटमा विमलले गोल गर्दै चितवनलाई पहिलो अग्रता दिलाए ।

खेलको ५५औँ मिनेटमा वीरगञ्जका आइकिन्सले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ६८औँ मिनेटमा चितवनले खेलमा पुनः अग्रता लियो । चितवनका टोरिकले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।

यससँगै चितवनले ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित चार अङ्क जोडेको छ । वीरगन्ज भने दुवै खेलमा पराजित हुँदै अङ्कविहीन रहेको छ ।

उक्त प्रतियोगितामा भोलि दुई खेल हुँदैछन् । जसमा पहिलो खेल १ बजे झापा एफसी र पोखरा थन्डर्स भिड्ने छन् । त्यस्तै दोस्रो खेल साँझ ५ः३० बजे धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् ।

प्रकाशित: १५ मंसिर २०८०, शुक्रबार १५:०३

Leave a Reply