No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजारमा झिनो अंकको गिरावट

0

काठमाडौं । सोमबार पनि शेयर बजार नेप्से घटेको छ । आइतबार ७ अङ्कले घटेको नेप्से सोमबार ३ दशमलव ४२ अङ्कले घटेर १ हजार ८ सय ४७ दशमलव ८१ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, बीमा र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन, व्यापार र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र माउन्टेन इनर्जी नेपालको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटेको दिन समाज लघुवित्तको शेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ । आज ३८ लाख ९६ हजार कित्ता शेयर १ अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ७ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित: १८ मंसिर २०८०, सोमबार १०:२८

Leave a Reply