No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोकाकोलाको ‘कोक बडी’ एप

0

काठमाडौं । कोकाकोला नेपालले ‘कोक बडी’ एप सार्वजनिक गरेको छ । राजधानीमा बुधबार एक कार्यक्रमका बीच कम्पनीले मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।

आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ ‘कोक बडी’ एप ल्याइएको कम्पनीले जनाएको छ । एपमार्फत रिटेलरहरूले जुनसुकै समय र स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोकाकोलाका पेय पदार्थहरू छिटो र सहज रुपमा अर्डर गर्न सक्ने जानकारी कार्यक्रममा दिइयो ।

नेपालभरका २५६ वितरक र १ लाख ५६ हजार आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोकाकोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीको विश्वास छ । कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर दीपकनाथ सेन्थिलले नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा जोड्न र अर्डर लिनदिन सजिलो बनाएको बताए ।

अझै पनि परम्परागत रुपमै अर्डर गर्ने शैलीमा निर्भर उद्योगको लागि चौबिसै घण्टा चाँडोभन्दा चाँडो अर्डरहरू लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठूलो परिवर्तन भएको उनको भनाइ छ ।

‘हाम्रो नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाएको छ । अझै पनि परम्परागत रुपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उद्योगको लागि वर्षको ३ सय ६५ दिन नै चौबिसै घण्टा चाँडो भन्दा चाँडो अर्डरहरू लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठूलो परिवर्तन हो,’ उनले भने,‘यस एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरहरूले आफ्ना ग्राहकहरूलाई अझ राम्रो सेवा दिँदै आफ्नो उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुनेछन् भन्ने हामीले आशा लिएका छौं।’

त्यस्तै कोकाकोला बेभरेजेज नेपालका कमर्सियल डिरेक्टर युनुस रियादीले सुविधाजनक रुपमा अर्डर गर्ने एप कोक बडी विशेषरूपमा आफ्ना रिटेलरहरूका लागि तयार पार्दा धेरै उत्साहित भएको बताए । अर्डर गर्ने नयाँ डिजिटलाइज्ड तरिकाको आफ्ना रिटेलरहरूले पूर्ण रुपमा आनन्द लिने उनको विश्वास छ ।

उनले भने, ‘यस एपमार्फत अब तपाईंहरुले कोकाकोलाको कुनै पनि पेय पदार्थहरू जुनसुकै समयमा र जहाँ पनि चौबिसै घन्टा अर्डर गर्न सक्नुहुनेछ । चाँडो अर्डर गर्न मिल्नुको साथै यस एपले तपाईंहरूको खरिद व्यवहारमा आधारित प्रडक्ट रेकमेण्डेसन, कूलरका बारेमा प्रश्नहरूदेखि अन्य प्रमोसनल अफरद्वारा ग्राहक समर्थन पनि प्रदान गर्दछ । हामी आशा गर्दछौं कि अर्डर गर्ने यस नयाँ डिजिटलाइज्ड तरिकाको हाम्रा रिटेलरहरूले आनन्द लिनुहुनेछ ।’

प्रकाशित: २० मंसिर २०८०, बुधबार १३:०५

Leave a Reply