No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एनसेल प्रकरणले नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएः उपाध्यक्ष चौधरी

0

काठमाडौं । चौधरी फाउण्डेशनका उपाध्यक्ष निर्वाण चौधरीले एनसेल प्रकरणले नेपाली जनताले टेलिकम क्षेत्रमा माफिया चिन्न पाएको बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत चौधरीले सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदै जाने बताएका हुन् । उनले नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन नदिनेहरु एनसेल काण्डका पात्र भएका आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाइने हो ? एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यही गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।’

 

प्रकाशित: २१ मंसिर २०८०, बिहीबार ०६:५७

Leave a Reply