No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

छिरिङ शेर्पा स्वयम्भु–मन्जुश्री यातायात प्रालिको अध्यक्षमा पुनः चयन

0

काठमाडौं । स्वयम्भु मञ्जुश्री यातायात प्रालिको अध्यक्षमा पुनः छिरिङ शेर्पा निर्वाचित भएका छन् । चितवनामा भएको ऐतिहासिक दोस्रो अधिवेशनबाट शेर्पालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै, संचालक सदस्यहरुमा क्रमशः नीर कुमार मोक्तान, लाक्पा शेर्पा, शम्भु अधिकारी, भरत तिमिल्सिना,वसन्त भन्डारी, बलराम बराल,पासाङ्ग तामङ्ग, ठुलाइ तामाङ्ग, बिष्णु बहादुर श्रेष्ठ, राम कृष्ण खडका र लेखा संयोजकमा नगेन्द्र पौडेल पनि सर्वसम्मत निर्वाचित भएका छन्।

नेपालबाट भारतका विभिन्न स्थानमा मैत्री बस सेवा सञ्चालन गरिरहेको यातायात प्रालिको सबै टिम नै अघिल्लो कार्यकालको नै चयन भएको छ । स्वयम्भु–मन्जुश्रीले नेपाल–भारत मैत्री सेवा पनि सञ्चालन गरिरहेको छ ।

वि.स २०५६ सालदेखि काठमाडौंबाट दिल्ली यात्रु बस सञ्चालन गर्दै आएको कम्पनीले सन् २०१४ देखि सरकारी स्तरबाट समेत नेपाल–भारत नियमित मैत्री बससेवा उपलब्ध गराउँदै आएको छ ।

नेपाल भारत यात्रु मैत्री बस सेवा संचालनमा भारत सरकारको तर्फबाट उत्तर प्रदेश परिवहन निगम र विहार राज्य पथ परिवहन निगम सँग सौझता गरी सेवा संचालनरत छ। एक देशबाट अर्को देशमा जानु पर्दा यात्रुहरुलाई सिधा एउटै बसबाट सजिलै गन्तव्य सम्म पुग्न सकिने र बोर्डरमा सामान चढाउने, ओराल्ने झन्झट पनि मुक्त भएको अध्यक्ष शेर्पा बताउँछन् ।

स्वयम्भू मन्जुश्रीका बसहरु नेपालमा संचालन भैरहेका बसहरु भन्दा अलि फरक, लामा ठुला इएर सस्पेन्सन,सजिलो र ठूला सिटहरुसहित सुविधा सम्पन्न र आरमदायी छ। स्वयम्भु–मन्जुश्रीले नेपाली यात्रुहरुलाई निरन्तर सुरक्षित र आरामदायी सेवा प्रवाह गर्दै आइरहेको छ ।

नेपाल–भारतमा सिधै आवाजजावत गर्नका लागि सहज वातावरण निर्माण गर्दै आईरहेको मञ्जुश्री यातायातले हाल काठमाडौदेखि भारतको दिल्ली, पटना बोधगया, वनारस र जनकपुरदेखि पटना बोधगयामा सिधै बससेवा सञ्चालन गरिरहेको छ ।

आगामी दिनमा भारतका अन्य क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष शेर्पाले बताए । प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज सेवा दिने काममा आफूहरु निरन्तर लागि रहेको उनको स्वयम्भू मन्जुश्रीका लेखा सम्योजक नगेन्द्र पौडेलले बताए ।

प्रकाशित: २३ मंसिर २०८०, शनिबार ०५:३६

Leave a Reply