No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

श्रीलङ्कामा अपराधमा संलग्न दुई हजारभन्दा बढी व्यक्ति पक्राउ

0

श्रीलङ्काको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशङ्कामा २ हजार १२१ जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न किसिमका लागुऔषध पनि बरामद गरिएको छ ।

त्यसैगरी थप अनुसन्धानका लागि १२ संदिग्ध व्यक्तिलाई थुनामा राखिएको र १३३ जनालाई पुनःस्थापनाका लागि पठाइएको बताइएको छ ।
श्रीलङ्काको प्रहरीले आइतबारदेखि विशेष अभियान शुरु गरेको छ ।

प्रकाशित: २ पुष २०८०, सोमबार ०८:३९

Leave a Reply