No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अफ्रिकामा मानवीय सङ्कट आउन नदिन एक अर्ब ४० करोड डलर आवश्यक

0

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफले पूर्वी र दक्षिणी अफ्रिकामा मानवीय सङ्कट आउन नदिन एक अर्ब ४० करोड अमेरिकी डलर माग गरेको छ । जलवायु परिवर्तनका कारण उत्पन्न मानवीय सङ्कटले यस क्षेत्रका बालबालिकाको स्वास्थ्यमा समेत असर पारिरहेको यूनिसेफले बताएको छ ।

पूर्वी र दक्षिणी अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एट्लेभा काडिलीद्वारा जारी विज्ञप्तिमा जलवायु सङ्कट टाढाको खतरा नभई यस क्षेत्रका बालबालिकाको स्वास्थ्यका लागि तत्काल खतरा भएको बताएका छन् ।

युनिसेफका अनुसार सन् २०२४ को सुरुमा आउने बाढी र सन् २०२४ को अधिकांश समय जारी रहने अनुमान गरिएको खडेरीजस्ता एल निनोको प्रभावको सङ्केत गर्ने प्रक्षेपणले आवश्यकतालाई बढाएको हो ।

युनिसेफका अनुसार एक अर्ब ४० करोड अमेरिकी डलरले सन् २०२४ मा आफ्नो मानवीय प्रतिक्रियालाई निरन्तरता दिनमात्र सम्भव हुने भएकोले थप सहायता जुटाउनुपर्ने भएको हो ।

प्रकाशित: ३ पुष २०८०, मंगलवार ०२:१९

Leave a Reply