No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

श्रीलङ्कामा चार सय निकायको इजाजतपत्र निलम्बन

0

इजाजतपत्रको शर्त उल्लङ्घन गरेका चारसय वैदेशिक रोजगारसम्बन्धी निकायलाई कारबाही गरिएको छ । श्रीलङ्काका अधिकारीहरूका अनुसार विगत १२ महिनामा वैदेशिक रोजगारसम्बन्धी ४०० संस्था निलम्बनमा परेका हुन् ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा कोलम्बोमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले सोही अवधिमा २०० वैदेशिक रोजगार एजेन्सीको इजाजतपत्र रद्द गरिएको जानकारी दिए ।

मन्त्री नानायककाराले वैदेशिक रोजगार एजेन्सी र सरकारी निकायले प्रदान गर्ने सेवाको गुणस्तर सुधारका लागि सरकारले कदम चालेको बताए ।

सन् २०२३ को नोभेम्बरको अन्त्यसम्ममा दुई लाख ७५ हजारभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीमा गइसकेका छन् । आप्रवासी कामदारहरूको विप्रेषण श्रीलङ्काका लागि वैदेशिक राजस्वको एक प्रमुख स्रोत हो ।

प्रकाशित: ३ पुष २०८०, मंगलवार ०२:२७

Leave a Reply