No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मङ्गोलियाको एक अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु

0

मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार बिहान ७ः०२ बजे आगलागी भएको हो । दक्षिणी जिल्ला खान–उलको १० तले अपार्टमेन्ट भवनमा आगलागी भएको हो ।

आगलागीमा चार बालबालिका सहित एकै परिवारका पाँच सदस्यले ज्यान गुमाएका छन् । उपचारका क्रममा घाइते अन्य दुईजना व्यक्तिको निधन भएको बताइएको छ । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान छइरहेको छ ।

प्रकाशित: ३ पुष २०८०, मंगलवार १०:१९

Leave a Reply