No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शाहको अध्यक्षतामा पानस हङकङको कार्य समिति चयन

0

हङकङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा प्रवासी नेपाली एकता समाज(पानस), हङकङको अधिवेशन तथा अन्तरक्रिया कार्यक्रम भब्यरूपमा सम्पन्न भयो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पानस अन्तर्राष्ट्रिय अध्यक्ष प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्य हिक्मतजंग कार्कीको विशेष आतिथ्यतामा भएको भेलाले ईश्वर बिक्रम शाहको अध्यक्षतामा सर्वसम्मत कार्य समिति तथा संरक्षक, सल्लाहकार समिति गठन गर्यो ।

समितिको अध्यक्ष ईश्वर बिक्रम शाह, वरिष्ठ उपाध्यक्ष तुलसी उप्रेती, उपाध्यक्षहरू जगत गुरुङ, बिष्णु भुसाल, बिनु थापा मगर र उत्तम थाम्सुहाङ्ग । त्यसैगरी महासचिव प्रिती मल्ल (महिला संयोजक), सचिव प्रविन जंग कार्की (यूवा संयोजक), कोषाध्यक्ष नरेन्द्र कार्की, संचार संयोजक नारायण भण्डारी, सुचना प्रविधी संयोजक सागर थापा, सदस्यहरू बबता सेन (स्याङ्जा), पदम कुमार थापा (कास्की), भविन्द्र खककाड (स्याङ्जा), पुरन राइ (झापा), अनिता सापकोटा (रूपन्देही), नारायण चोङवाङ (झापा), अमृत कुमार थापा (रूपन्देही), उपेन्द्र पाण्डे संरक्षक तथा सल्लाहकारहरू काल सिंह राई, मन बहादुर गुरूङ, लक्ष्मी खापुङ, पुकार शाह, मोति चाम्लिङ, महेन्द्र थापा र छत्र सुब्बा निर्वाचित भएका छन् ।

प्रकाशित: ९ पुष २०८०, सोमबार १६:४७

Leave a Reply