No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सौराहामा हात्ती महोत्सव सुरु

0

चितवन । चितवनको सौराहामा मंगलबारदेखि ‘१७ औं हात्ती तथा पर्यटन महोत्सव’ सुरू भएको छ । मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतले महोत्सव उद्घाटन गरेका छन् ।

महोत्सवअन्तर्गत बुधबार हात्ती श्रृंगार प्रतियोगिता, बिहीबार राप्ती नदीमा डुंगा दौड प्रतियोगिता हुने छ । शुक्रबार हात्तीको वनभोज गर्ने कार्यक्रम तय गरिएको छ । बाघमारा मध्यवर्ती वनको चौरमा आयोजना हुँदै आएको महोत्सव यो पटक रत्ननगर नगरपालिका–७ मैनाहाको चित्रसारी पुलनजिक चौरमा आयोजना गरिएको छ ।

कोरोनापछि लगातार तीन वर्ष रोकिएको यो कार्यक्रम यसपाली फेरि सुरु भएको हो । यो पटक महोत्सवमा हात्तीका लागि सहज हुने गतिविधि मात्रै समावेश गरेको आयोजकले जनाएको छ ।

प्रकाशित: १० पुष २०८०, मंगलवार १६:१६

Leave a Reply