No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजारमा सामान्य गिरावट

0

काठमाडौं । बिहीवार पनि शेयर बजार नेप्से घटेको छ । बिहीबार नेप्से एक दशमलव ९३ अङ्कले घटेर दुई हजार ६८ दशमलव ९० विन्दुमा झरेको छ । आज होटल, लगानी, उत्पादन, म्यचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहको शेयर सामान्य बढेको छ, अरू समूहको शेयर सामान्य ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्त र धौलागिरि लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, मनकामना इन्जिनियरिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । एक करोड ६८ लाख कित्ता शेयर चार अर्ब २९ करोड नौ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको १४ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित: १२ पुष २०८०, बिहीबार ०९:५१

Leave a Reply