No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्रोत नखुलेको २१ लाख रुपैयाँसहित एकजना पक्राउ

0

विराटनगर । सुनसरीको एक गाउँबाट स्रोत नखुलेको लाखौं रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २१ लाख ५७ हजार रुपैयाँसहित भोक्राहानरसिंह गाउँपालिका–६ बाट २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो । उनी सुनसरीकै कोशी गाउँपालिका–३ निवासी भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतका अनुसार उनले बोकेको रकमको स्रोत नखुलेको पाइएको छ ।

मोटरसाइकलमा सवार राउतलाई शंका लागेर जाँच गर्दा उक्त रकम फेला परेको थियो । सोधखोज गर्दा उनले रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ प्रहरीले जनाएको छ । रकमसहित राउतलाई अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ । मोरङ र सुनसरीका विभिन्न स्थानबाट स्रोत नखुलेको ठूलो परिमाण रकमसहित केही सातायता पक्राउ पर्ने क्रम बढेको छ ।

प्रकाशित: १९ पुष २०८०, बिहीबार ०९:०३

Leave a Reply