No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमाले अध्यक्ष ओली र भारतका विदेशमन्त्रीबीच भेट

0

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतका विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेट भएको छ । त्यस अवसरमा दुई देशबीच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर नेपाललाई भारतको सहयोग अपरिहार्य भएकाले त्यसमा सघाउन अनुरोध गरे । “भारत नेपालको मित्र भएकाले कतिपय विषयका समस्या संवादको माध्यमबाट टुङ्ग्याउनुपर्छ,” अध्यक्ष ओलीलाई उदृत गर्दै विभाग प्रमुख भट्टराईले भने ।

प्रकाशित: १९ पुष २०८०, बिहीबार १५:०९

Leave a Reply